विवेकशील साझाले गर्‍यो पार्टी एकता घोषणा

admin

काठमाडौँ, मंसिर १८ : विवेकशील साझा पार्टीले सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता घोषणा गरेको छ।

शनिबार माइतीघर मण्डलमा एक कार्यक्रम गरी पार्टीले एकता घोषणा गरेको हो। एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ नै रहने र एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुने घोषणा क्रममा उनीहरूले बताए।

पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिने समेत उनीहरूले बताएका छन्।

एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुने बताइएको छ।

एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने कार्यक्रमबीच उनीहरूले बताए।

प्रतिक्रिया