गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा‘चाँदनी रात‘ सार्वजनिक

admin

काठमाडौँ  : गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ ।

प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ । जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन् ।

दिनेश पराजुली ले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँ ले सम्पादन गरेका हुन् । भिडियो स्वर्ण संगीत को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
‘चाँदनी रात‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया