एक क्विन्टल गाँजासहित तीन जना प क्रा उ

admin

जलेश्वर, १८ मङ्सिर : महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्र ह रीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्र ह री उपरीक्षक सुरेश सापकोटाले बताउनुभयो ।

सशस्त्र प्र ह री बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक क्विन्टल गाँजा प्याकिङ गरिरहेको अवस्थामा तीनै जनालाई गाँजासहित प क्रा उ गरिएको जनाइएको छ ।

गाँजासहित प क्रा उ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्र ह री कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया