खोप लगाउन केपी सरकारको जस्तो लाईन बस्नुपदैन्, अब घर घरमै खोप : मन्त्री खतिवडा

admin

काठमाडौँ, मंसिर १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले घर घरमै पुगेर को रो ना विरूद्धको खोप लगाउने बताउनुभएको छ ।

‘म स्वास्थ्य मन्त्री हुँ । केपी ओली सरकारमा हुदाँ जस्तो घण्टौँ लाइन बस्दा पनि को रो ना भा इ र स वि रु द्धको खोप लगाउन नपाउने अवस्थाको अन्त्य भइसकेको छ ।

अहिले चोक चोकमा खोप लगाउन सुरु भइसकेको छ । हामीले सबै नेपालीलाई खोप लगाउन आह्वान गरिसकेका छौँ ।

मन्त्री खतिवडाले भन्नुयो ।’ मन्त्री खतिवडाले नेपाल सरकारसँग अहिले २ करोड डोज खोप मौजाद रहेको जानकारी दिनुभयो ।

‘सबै नेपालीलाई पुग्ने खोप आइसकेको छ । अब कोहि पनि नेपाली को रो ना भाइरस वि रु द्धको खोपबाट बञ्चित हुनुपर्ने छैन् ।

पहिलो डोज लगाएकाले दोस्रो र दोस्रो डोज लगाएकाले अब बुस्टर खोपका रुपमा तेस्रो डोज लगाउने गरी सरकारले ब्यवस्था गरिसकेको छ । घर घरमा पुगेर सरकारले खोप लगाउने छन् । मन्त्री खतिवडाले भन्नुभयो ।’

आज रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) वडा भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले खोपको कति पनि अभाव नरहेको भन्दै चोक चोकमा खोप लगाउन सुरू गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया