कमल थापालाई पछि पार्दै राजेन्द्र लिङ्देनको अग्रता

admin

काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी को नयाँ नेतृत्वका लागि भएको मतदान जारी छ। राति अबेर मतदान सकिएपछि भएको मतगणनामा जारी छ।

विहान ६ बजेसम्म करिब ३ हजार मत गनिसक्दा राप्रपाका एकमात्र प्रत्यक्ष निर्वाचित सांसद लिङदेन र वर्तमान अध्यक्ष थापाबीच कडा प्रतिस्पर्धा देखिएको छ। एकसय बढी मतान्तरले लिङदेनले सुरुआतदेखि नै अग्रता कायम राखेका छन्।

२ हजार ९६४ मत गणनामा लिङदेनको १३७१ र थापाको १२५४ मत आएको छ। ३३९ मत बदर भएको छ। राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया