कांग्रेस बागमती सभापतिका लागि इन्द्र र जगदिशबीच फेरि प्रतिस्पर्धा हुने

admin

काठमाडौँ, मंसिर १९ : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत इन्द्र बानियाँको आएको छ ।

हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखी मतगणना भएको थियो । बिहान साढे ४ बजे मतगणना सकिएको हो ।

मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् ।

बागमतीमा सभापति पदमा पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुने भएको हो । बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया