कांग्रेस कर्णाली प्रदेशको सभापतिमा शाही विजयी

admin

काठमाडौँ, मंसिर १९ : नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।

प्रदेश अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानबाट शाही ४२२ मत ल्याएर सभापितमा विजयी भएका हुन् ।

विजयी शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका हुन् । सभापतिका अर्का उम्मेदवार मोतिराम बमले भने सात मत मात्रै ल्याए ।

प्रतिक्रिया