अध्यक्षमा हारेपछि पूर्व राजामाथि खनिए कमल थापा

admin

काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा पूर्व राजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् ।

पार्टीको आन्‍तरिक प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै थापा पूर्व राजामाथि खनिएका हुन् । थापा निर्मल निवासको हस्तक्षेपको भ्रत्सनासमेत गरेका छन् ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ थापाले भनेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।

सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’

प्रतिक्रिया