नयाँ पदाधिकारीको सपथ ग्रहण कमल थापाद्धारा बहिस्कार

admin

काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोह बहिस्कार गर्नुभएको छ ।

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित थापा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा अनुपस्थित रहनुभयो ।

नयाँ कार्यसमितिको आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण कार्यक्रममा पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीसहित सबै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

१९ वर्षदेखि राप्रपाको निरन्तर अध्यक्ष रहनुभएका थापा आइतबार बिहान सम्मपन्न मतगणनामा लिङदेनसँग १९९ मतान्तरले पराजित हुनुभएको हो ।

लिङदेनले १८१७ मत ल्याउँदा थापाले १६१८ मत प्राप्त गर्नुभएको थियो । थापा २०६१ सालदेखि लगातार राप्रपाको अध्यक्ष हुनुहुन्थ्यो ।

थापाको पराजयसँगै राप्रपाको नेतृत्व पुस्तान्तरण भएको छ । लिङदेनको जितमा निर्मल निवास (पूर्वराजा)को हात रहेको थापाको आरोप छ ।

प्रतिक्रिया