कांग्रेस युवा नेता शाहीले गरे केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा

admin

काठमाडौँ, मङ्सिर २१ : नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।


उनले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले युवाहरुको जोश, जाँगर, उत्साह र २१औं शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडी बढाउने उद्देश्यका साथ नेपाली काँगेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेको बताए ।

आफूले जीवनको महत्वपूर्ण समय नेविसंघलाई बलियो बनाउन खर्चिएको भन्दै सबै नेता÷कार्यकर्तामा अब आफूलाई केन्द्रीय सदस्यमा जिताउनकोलागि साथ दिन उनले आग्रहसमेत गरे ।

वडा, पालिका, जिल्ला र प्रदेश हुँदै आज नेपाली काँग्रेसको महाकुम्भ हुनलागेका भन्दै नेता शाहीले खुःसी व्यक्त गरेका थिए । साथै, उनले आफू डोटी जिल्लाको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित भएको भन्दै नेविसंघमा रहेर पाएका उपलब्धिबारे स्मरण गरेका थिए ।

‘म नेविसंघमा २०५१ सालमा हाइस्कुलको अध्यक्ष, कैलाली क्याम्पसको इकाई अध्यक्ष, कैलाली जिल्लाको निर्वाचित जिल्ला अध्यक्ष, त्रिवि समिति उपाध्यक्ष, २०६४ सालको १०औं महाधिवेशनमा नेविसंघको केन्द्रीय सदस्य, ११औं महाधिवेसनमा केन्द्रीय उपाध्याक्ष भएर लामो समयसम्म नेविसंघलाई बलियो बनाउन जीवनको महत्वपूर्ण क्षण समर्मित गरेको छु । अहिले डोटी जिल्लाको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित भएको छु’–उनले भने ।

यस्तै, उनले युगपुरुष वि.पी. कोईरालाको लोकतान्त्रिक समाजवादलाई आत्मसात गर्दै, वीर सहिदहरुप्रति निष्ठापुर्ण ऋद्धासुमन अर्पण गर्दै, उत्साहपूर्ण राष्ट्रियता, एकताबद्ध लोकतन्त्र र रुपान्तरण रुपी समाजवादको दृढ संकल्पमा एकाकार भइसकेको अनुभूति जाहेर गरेका थिए ।

‘लामो त्याग, तपस्या, समर्पण र योगदान गर्नुभएका मेरा अग्रज, जो अहिले पनि पार्टीको बिभिन्न तह र तप्कामा यहाँहरुको लामो अनुभव र युवाहरुको जोश, जाँगर, उत्साह र २१औं शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडी बढाउने उद्देश्यका साथ नेपाली काँगेसको केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारी घोषणा गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

‘सबै जोड्ने देश, सबै अट्ने काँग्रेस’ भनेझैं केन्द्रीय समितिमा निर्वाचित भइसकेपछि सबैको अपनत्व स्थापित हुने काँग्रेस, सबैको स्वामित्व स्थापित काँग्रेस र सबैको सर्वोच्चता स्थापित हुने काँग्रेस बनाएर सु–संगठित, गतिशिल र बलियो काँग्रेस बनाएर निकट भविष्यमा हुने गइरहेको तीनवटै तहको निर्वाचनमा सबै तहको सरकार काँग्रेसको बनाउने र यसैको माध्यमबाट समग्र मूलुकको गरिबी, अशिक्षा र बेरोजगारी हटाउने भएका कारण मलाई केन्द्रीय सदस्यमा आफ्नो अमूल्य मत प्रदान गरि विजय गराउन हुन् सबैमा सादर अनुरोध गर्दछु’–विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका नवनिर्वाचित सहमहामन्त्री अम्विका चलाउनेको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया