अव पनि कांग्रेस पार्टी नसुध्रिए पार्टी नै सकिन्छ : गगन थापा

admin

काठमाडौँ, मङ्सिर २१ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले अव पनि कांग्रेस पार्टी नसुध्रिए पार्टी नै सकिने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै थापाले कांग्रेसलाई बलियो बनाएर कांग्रेसलाई सुधार्नुपर्ने भन्दै कांग्रेस पार्टी नसुधिए सकिने बताउनुभएको हो ।

उहाले कांग्रेसको अस्थीत्व नभए नागरिकको अधिकार पनि कायम नरहने तर्क गर्नुभयो । थापाले ९ लाख प्रतिनिधिले काग्रेस बाहेकका व्यक्तिलाई पनि पार्टीमा समावेश गराउन सक्नुपर्ने धारणा राख्नुभयो ।

थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको भन्दै नीति महाधिवेशन पछि मात्रै हुने जिकिर गर्नुभयो उहाले पार्टीसंगको आवद्धता थापाले निर्वाचन मात्र हो भन्ने चिन्तनबाट बाहिर निस्कनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया