कमल थापाप्रति लक्षित गर्दै लिङ्देनले भने “काम नगर्ने सदस्यलाई पार्टीभित्र कुनै ठाउँ छैन “

admin

काठमाडौँ, मङ्सिर २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान बिचारधारा भएका पार्टी, संस्था, व्यक्ति, धार्मिक क्षेत्रसंग एकता र सहकार्य गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले समानबिचारधारा भएकासंग एकता र सहकार्य गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै पार्टीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको मर्यादाक्रम निर्धारणका लागि उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले पार्टीका सवै भातृसंगठनलाई ३ महिनाभित्र महाधिवेशन गर्ने कार्यतालिका पेश गर्न पनि निर्देशन दिएको उहाले बताउनुभयो ।

बैठकले महाधिवेशनलाई सम्पन्न गर्न सहयोग गर्ने सवैप्रति धन्यवाद प्रकट गर्ने निर्णय पनि गरेको छ । बैठकमा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यलाई आवश्यक जिम्मेवारी दिईने भन्दै काम नगर्ने सदस्यलाई पार्टीभित्र कुनै ठाँउ नरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया