कांग्रेसको निम्तो मान्न चार भारतीय नेता काठमाडौंमा

admin

काठमाडौँ, मङ्सिर २३ : कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेका छन् ।

कांग्रेसले विभिन्न देशका राजनीतिक दलहरूलाई निम्त्याए पनि कोभिड–१९ को नयाँ भेरियन्टका कारण धेरै जसो देशबाट प्रतिनिधिहरू नआउने भएका छन् । छिमेकी मुलुक भारतबाट दुई राजनीतिक दलका नेताहरू महाधिवेशनमा भाग लिन आएका हुन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू कांग्रेसको निम्तो स्वीकार गरेर काठमाडौं आइपुगेको बताएका छन् ।

उनका अनुसार भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया