एमसीसीको बिरोधमा ऐतिहासिक र निर्णायक आन्दोलनको नेतृत्व गर्दै हेमन्त सेढाई

admin

काठमाडौँ, मङ्सिर २४। विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) सम्झौताविरुद्ध आज शुक्रबार फेरी भव्य विरोध प्रदर्शन हुने भएको छ । युवा विश्लेषक, नागरिकता तथा सिमाविद् हेमन्त सेढाईको नेतृत्वमा आजदेखि माइतीघर मण्डलमा एमसीसी बिरुद्धको निर्णायक आन्दोलन शुरु हुने भएको छ ।

मङ्सिर २८मा अमेरिकाको न्युयोर्कमा बस्न लागेको एमसीसीको बोर्ड बैठककै दिन डाकिएको संसद अधिवेशनमा सुटुक्क एमसीसी टेबुल हुनसक्ने भन्दै राष्ट्रिय झण्डासहित हजारौं युवाहरुको उपस्थितिमा विरोध कार्यक्रम आयोजना गरिएको सेढाइले बताए । विकास परियोजनाको नाममा नेपाल छिरेर अमेरिकी साम्राज्यवादले आफ्नो गतिविधि बढाउने चलखेल गर्न लागेको समेत उनले आरोप लगाए।

राष्ट्र, राष्ट्रियता र राष्ट्रियता स्वाधिनताको रक्षाका निम्ति राष्ट्रिय अखण्डता जगेर्ना गर्न, मुलुकको सार्बभौमसत्ताको सुरक्षा गर्न परिआएको खण्डमा आफ्नो ज्यान आहुती दिन समेत पछि नपर्ने उनले बताए। बिभिन्न स्वतन्त्र नागरिक, विभिन्न बौद्धिक व्यक्तित्व, राजनैतिक पार्टी, विभिन्न अभियन्ताहरु एकसाथ भेला भएर एमसीसी खारेजीको माग राख्दै ऐतिहासिक र निर्णायक आन्दोलन गरिने भएको छ।

प्रतिक्रिया