लोकतन्त्र, राष्ट्रियता र विकासमा कांग्रेससँग सहकार्य हुन्छ : अध्यक्ष ओली

admin

काठमाडौँ, मङ्सिर २४ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले ठूला दलहरुको सहकार्यबाट मुलुकमा राजनीतिक परिवर्तन आएको र नेपालले अन्धकार युगबाट गणतन्त्रको उज्यालोसम्म आइपुगेको स्मरण गराउनुभयो ।

“नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीले नै मुलुकको संविधान, विकास, राष्ट्रियता, लोकतन्त्र, सुशासन, स्थिरता, सामाजिक न्याय र समानताका प्रश्नमा सहकार्य गर्दै आएका छन्”, अध्यक्ष ओलीले भन्नुभयो, “अहिले केही साना दलहरुलाई कांग्रेसले औलो समाउन दिएन भने सरकारमा नरहौँला कि भन्ने चिन्ता हो ? के का लागि सहकार्य ? देश बनाउन एमाले कांग्रेसकै साथमै छ । देश बनाउन सँगै जाने कुरामा हामी साथमै छौँ ।”

अध्यक्ष ओलीले जन्मँदै कोही शासक हुन सक्छन् भन्ने सिद्धान्त गलत सावित भइसकेको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अगाडि बढोस् भन्दै कांग्रेसको महाधिवेशनले गौरवपूर्ण इतिहासलाई उजिल्याउन सकोस् भन्ने कामना गर्नुभयो ।

प्रतिक्रिया