राजतन्त्रले फेरि शिर उठाउने दुस्साहस नगरोस्ः माधव नेपाल

admin

काठमाडौँ, मङ्सिर २४ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा प्रतिगामीहरु हावी भएको भन्दै नेपालमा फेरि राजतन्त्रको भविष्य नभएको बताउनुभएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले नेपाली जनता फेरि कसैको शासनमा बस्न तयार भएको भन्दै राजतन्त्रको भविष्य नभएको बताउनुभएको हो । उहाले पूर्व राजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै नयाँ पार्टी खोलेर राजनीति गर्न सुझाव समेत दिनुभयो ।

उहाले अहिले राजनीतिमा राजनीतिक विकृति रहेको भन्दै त्यसलाई पन्छाउनुपर्ने र हेरेर बस्ने समय नभएको बताउनुभयो ।उहाले लोकतन्त्रको सफलताका लागि अरुको सम्मान अरुको मर्यादा गर्ने परिपाटी बसाल्नुपर्ने देशको बिकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया