कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो : सहमहामन्त्री डा महत

admin

काठमाडौँ, मङ्सिर २४ : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको हो ।

“लोकतान्त्रिक मूल्य मान्यतालाई कांग्रेसले जीवनपद्धतीका रुपमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

सहमहामन्त्री डा महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४औँ महाधिवेशनले नयाँ ऊर्जा कांग्रेसलाई दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

अर्को सहमहामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेको बताउनुभयो । “कांग्रेसको चारतारे झण्डामुनी बसेर समाजवाद खोज्न म कांग्रेस भएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकमा हुन लागेको तीनै तहको निर्वाचनमा कांग्रेसलाई सुविधाजनक बहुमत दिलाउनका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।

राजधानी काठमाडौँबाट फर्केलगत्तै गाउँगाउँमा पुगेर कांग्रेस बलियो बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया