आजको मौसम : देशभर चिसो बढ्यो

admin

काठमाडौँ, मङ्सिर २५ : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ।

उपत्यकाको न्युनतम तापक्रम बिहान पौने ६ बजे ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हिजोको भन्दा कम तापक्रम भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

हिजो उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। अन्य स्थानको मौसम पनि घट्दै गएको महाशाखाले जनाएको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।

यस्तै जिरीको तापक्रम १ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ। आज र भोलि मौसम सफा हुने भएकाले तापक्रम झन् घट्ने महाशाखाले अनुमान गरेको छ।

मौसम सफा भएपनि पर्सीदेखि पश्चिमी वायु भित्रिने भएकाले आकास धुम्म हुँदा न्युनतम तापक्रम बढ्ने मौसमविद् नगरकोटीको भनाइ छ।

त्यतिबेला अधिकतम तापक्रम भने घट्नेछ। अहिले बिहान देशका अधिकांश पहाडी भेगमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया