थप २३६ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृ त्यु

admin

काठमाडौँ, मङ्सिर २५ : देशभर पछिल्लो २४ घण्टामा थप २३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार १७८ को पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ९०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७७० पुगेको छ ।

पछिल्लो समय थप ३०७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख ६ हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एकको मृ त्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ ।

कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय दुई लाख ६६ हजार ९८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८३ छ । हाल होम आइसोलेशनमा पाँच हजार ६०६, संस्थागत आइसोलेशनमा २७७, सघन उपचार कक्षमा ११२ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया