भक्तपुरमा मोटरसाइकल दु र्घ ट नाः एकको मृ त्यु, एक घा इ ते

admin

भक्तपुर, २५ मङ्सिर : मोटरसाइकल दु र्घ टना आज भक्तपुरमा एक जनाको मृ त्यु भएको छ भने एक गभ्भीर घा इ ते भएका छन् ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृ त्यु भएको महानगरीय प्र हरी परिसर भक्तपुरका प्र ह री नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ । दु र्घट ना मा गम्भीर घाइते मोटरसाइकल चालक गुण्डुकै ३७ वर्षीय सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्र ह रीले जनाएको छ । रासस

प्रतिक्रिया