नेतृत्व परिवर्तन भएरै छाड्छ : डा. काेइराला

admin

काठमाडौँ, मङ्सिर २६ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको छ ।

आज आइतवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको हो ।

उहाँले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर चुनावसम्म पुग्ने पनि दाबी गर्नुभयो । नेता कोईरालाले भन्नुभयो, ‘सभापतिजीले आफू पराजित भएँ भने यो गठबन्धन सरकार जान्छ भन्नुभयो, म तपाईँहरूको सामुन्ने प्रण गर्न चाहन्छु– नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ ।

यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ, सङ्गठित भइकन यो गठबन्धनलाई चुनावमा लैजान्छाैँ भन्ने कुरा तपाईँहरूको माझमा राख्दछौँ । यो सरकारलाई अझ बलियाे बनाउने प्रयास हाम्रो नेतृत्वले गर्नेछ ।’

ता कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरूको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने पनि बताउनुभयो ।

उहाँले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र पालिका तहको चुनावमा नेपाली कांग्रेसलाई भागबन्डारहितको पार्टी , गुटबन्दीरहितको पार्टी, विराेधरहितकाे पार्टी बनाएर एकढिक्का हुँदै सबैलाई समेट्ने बताउनुभयो । उहाँले तीन तहकाे चुनावमा पार्टीलाई जिताउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेता कोइरालाले आफू सभापतिमा विजयी भए संविधानलाई सुदृढ बनाएर लैजाने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ कार्यक्रम, नयाँ विचार र नयाँ कार्यशैलीबाट अगाडि बढ्ने भन्दै नेता कोइरालाले भातृ संस्थाहरूलाई सुदृढ गरेर अघि बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया