आज बङ्करसहितको भवनमा सर्दै प्रधानमन्त्री देउवा

admin

काठमाडौँ, मङ्सिर २७ : प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ सरकारी भवनमा सर्दै छन्।

बालुवाटारमै नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै उनी आज सर्न लागेका हुन्। प्रधानमन्त्री देउवा विशेष वास्तु पूजा गरी नवनिर्मित भवनमा स्थानान्तरण हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बंकरसमेत निर्माण गरिएको छ । बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएको हो। एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा निर्माण गरिएको हो।

निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । दुवै भवन तीन÷तीन तलाका छन् भने दुईवटै भवनमा लिफ्ट प्रणाली जडान गरिएको छ ।

पञ्चायतकालमा निर्माण गरिएको अहिलेको प्रधानमन्त्री निवासमा भूकम्पले क्षति पु¥याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले नयाँ भवन निर्माण गर्नुपरेको बताइएको छ ।

एक रोपनी क्षेत्रफलमा फैलिएको भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा युनिट निर्माण गरिएका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्रलगायतका १४ युनिट निर्माण भइरहेका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौ १२ गते निर्माण सम्झौता भएको सो भवनको लागत ४० करोड रुपियाँ रहेको छ ।

प्रतिक्रिया