मुकुन्द र इन्दिराको विवाह

admin

काठमाडौं, २७ मंसिर : मुकुन्द घिमिरेले विवाह गरेका छन् । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले सोमबार इन्दिरा संग्रौलासँग लगनगाँठो कसेका हुन् ।

उनले विवाह मण्डपबाटै आफ्नो बिहेको तस्बीर शेयर गरेका हुन् । उनले गत मंसिर ११ गते इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका थिए । धेरैले उनको बिहेका बारेमा चासो राख्ने गरेका थिए । झापा, सुरुङ्गाकी इन्दिरासँग मुकुन्देको एक वर्ष अघि चिनजान भएको बुझिएको छ ।

इन्दिरा संग्रौला एमए उत्तीर्ण गरेकी छिन् । उनी चितवनको मेघौलीस्थित दश जोड दुईमा अध्यापन गराउँछिन् भने मुकुन्द घिमिरे २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै हिँड्थे । त्यहाँ त्यस्ता गतिविधि गर्न रोक लगाइएपछि अहिले भने सामाजिक सञ्जालमा सक्रिय छन् ।

प्रतिक्रिया