म कुनै पक्षमा जान्नँ भन्दा किन अचम्म, म कांग्रेसलाई एक बनाएर लैजानुपर्छ भन्ने मान्छे हो : शशांक कोइराला

admin

काठमाडौं, २७ मंसिर : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताएका छन् ।

(आज) सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले आफू जहिल्यै पनि कांग्रेस एक भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै, कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताए ।

नेता कोइरालाले भने, ‘म कुनै पक्षमा जान्नँ भन्दा किन अचम्म ? मैले भनिहालेँ नि आफ्नो स्वविवेकले भोट दिन्छु । मैले आफ्ना समर्थकलाई भनेको छु, म चार वटै पक्षलाई लिएर जानुपर्छ भन्ने मान्छे हो । म कस्तो हुँ भने कांग्रेसलाई एक बनाएर लैजानुपर्छ भन्ने मान्छे हो । त्यसैले कुनै पक्षलाई म केही भन्दिनँ ।’

प्रतिक्रिया