संसदको कार्यसुचिमा एमसीसी परेको गोप्य सुचना पाएपछि निशेधाज्ञा तोड्दै संसद अवरुद्ध गर्ने तयारी

admin

काठमाडौं, २८ मंसिर : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) सम्झौता विरुद्ध (आज) मंगलबार पनि भव्य विरोध प्रदर्शन हुने भएको छ ।

आज मंसिर २८ मा अमेरिकाको न्युयोर्कमा बस्न लागेको एमसीसीको बोर्ड बैठककै दिन डाकिएको संसद अधिवेशनमा सुटुक्क एमसीसी पनि टेबुल हुनसक्ने गोप्य सूचना आफूलाई सत्तारुढ गठबन्धनकै सांसदहरुबाटै प्राप्त भएको भन्दै युवा विश्लेषक, नागरिकता तथा सिमाविद् हेमन्त सेढाईको नेतृत्वमा हजारौँ जनताहरु निशेधाज्ञा तोड्दै संसद अवरुद्ध गर्ने तयारीमा रहेको जानकारी दिए ।

राष्ट्रिय झण्डासहित हजारौं युवाहरुको उपस्थितिमा हिजो मंसिर २७ गते दरबारमार्गमा रहेको MCA नेपालको कार्यालय घेर्न पुग्दा प्रहरीसँग मुठभेद समेत भएको थियो । २४ गतेदेखि बिभिन्न स्वतन्त्र नागरिक, विभिन्न बौद्धिक व्यक्तित्व, राजनैतिक पार्टी, विभिन्न अभियन्ताहरु एकसाथ भेला भएर एमसीसी खारेजीको माग राख्दै भैरहेको निरन्तर आन्दोलनकै क्रममा आज बिशाल विरोध कार्यक्रम आयोजना गरिएको उनले बताए ।

आज सकेसम्म कुनै पनि सांसदहरुलाई संसद भवन छिर्नै नदिने रणनीतिमा आफुहरु रहेको र यदि बलजफती गरेर MCC टेबुल भएमा आफु कुनै पनि हदसम्म लड्न नछाड्ने समेत बताए । विकास परियोजनाको नाममा नेपाल छिरेर अमेरिकी साम्राज्यवादले आफ्नो गतिविधि बढाउने चलखेल गर्न लागेको उनले आरोप लगाउँदै आएका छन् । राष्ट्र, राष्ट्रियता र राष्ट्रियता स्वाधिनताको रक्षाका निम्ति परीआएको खण्डमा आफ्नो ज्यान आहुती दिन समेत पछि नपर्ने उनले बताए ।

प्रतिक्रिया