आज सुनचाँदी कै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २८ मंसिर : सुनको मूल्य (आज) मंगलबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । सोमबार तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया