संसद् बैठक सुरुमै एमाले सांसदद्वारा नाराबाजी

admin

काठमाडौं, २८ मंसिर : (आज) मंगलबारदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । मंगलबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् ।

एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् । तर सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्धन नबनाउन आग्रह गरेका छन्।

सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित बैठक गरेका हुन् । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया