आज ४६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

admin

काठमाडौं, २८ मंसिर : शेयर बजार (आज) मंगलबार उच्च अङ्कले बढेर सकारात्मक सर्किट लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार साढे १२ बजे पाँच प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको थियो ।

त्यसपछि खुलेको बजार फेरि उकालो लागेर ६ दशमलव एक प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार बन्द भएको हो । नेप्से एक सय ३७ दशमलव आठ अङ्कले बढेर दुई हजार चार सय १८ दशमलव ८४ विन्दुमा पुगेको छ ।

मंगलबार सबै समूहको शेयरमा हरियाली देखिएको छ । दुई सय २० वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई वटा बाहेक सबैको शेयर बढेको छ । ४६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस्तै २४ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । मंगलबार ४० लाख ८५ हजार कित्ता शेयर एक अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको नौ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया