अर्थमन्त्री शर्मा र शेयर लगानीकर्ताबीच भेटवार्ता, माग पूरा गर्ने आश्वासन

admin

काठमाडौं, २८ मंसिर : शेयर लगानीकर्ताका सङ्घ-संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर माग पूरा गरिदिन आग्रह गरेको छ ।

(आज) मंगलबार सिंहदरबारमा भएको भेटमा लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति, ५८ बुँदे मागका बाँकी काम लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

जवाफमा अर्थमन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको उल्लेख गर्दै धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै लगानीकर्ताका माग पूरा गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया