काठमाडौँ, मङ्सिर २८ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्याएर भएको मतदान सकिएको छ।दोस्रो चरणको मतदान अहिले करिब ९ः१० मा सकिएको हो।
राति ८ बजेर ४० मिनेटमा ४ हजार ३ सय ७५ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको थियो।राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको थियो।
दोस्रो चरणमा सभापतिका दुई उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले प्रतिस्पर्धा गरिरहेका छन्।
सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पार्टीको विधानअनुसार सभापतिका लागि पुनः निर्वाचन भएको हो।