गोंगबुमा ‘होटल ह्वाइट हाउस’ संचालन

admin

काठमाडौं, २९ मंसिर : पूर्व मिस नेपाल उषा खड्गी तथा वरिष्ठ कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ । गोंगबु बिजी मलको अपोजिट रहेको सुविधा सम्पन्न होटलको आफ्नै विशेषताहरु रहेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ । २४ घण्टानै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको व्यवस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको व्यवस्था गरिएको छ ।

उषा होटल ह्वाइट हाउसकी ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको उनले बताइन् । यो होटलको ब्राण्ड एम्बेसडरको रूपमा अर्का हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ समेत छन् । शर्माको पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको भनाई छ ।

‘पर्यटन व्यवसायले देशको सबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’ शर्माले भने ‘पर्यटनको लागि आवश्यक धेरै पूर्वाधार मध्य एक होटल पनि हो ।’ होटल ह्वाइट हाउस अपार्टमेन्ट रुम र फरक अवधारणका साथ सञ्चालनमा आएकोले आफ्नो रोजाइमा परेको शर्माले सुनाए ।

बुद्ध शाहीले सञ्चालनमा ल्याएको यो होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरक फरक इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ । जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् । भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लवी पनि छ । जसमा बसेर गेस्टले आफ्ना अतिथिलाई समेत भेट्न सक्नेछन् ।

‘टिपिकल्ली नेपाली खाना र शान्त वातावरणमा गेष्टलाई खुसी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ’ सञ्चालक शाहीले भने ‘स्वास्थ्यलाई मध्यनजर राखेर हामीले मार्वलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’ सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया