पाँच सय घट्यो आज सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २९ मंसिर : सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत बुधबार तोलामा पाँच सय रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर छ । चाँदी मंगलबार जस्तै बुधबार पनि तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया