काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुने सम्भावना देखिएको छ । फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्वेक्षण अनुसार महामन्त्रीमा गगन थापाले ४५, विश्वप्रकाश शर्माले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र अन्यले १ प्रतिशत मत पाउने देखाएको छ ।
सभापतिका लागि शेरबहादुर देउवाले ४५, शेखर कोइरालाले ३८, प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखिएको थियो । यही संस्थाले सभापतिका उम्मेदवारले कति मत पाउन सक्छन् भनेर गरेको सर्भेक्षण र अन्तिम नतिजा लगभग मिलेको छ ।