शेयर कारोबारीले चन्दा दिएन होला प्रचण्डले ध्वस्त पारिदिन खोजे : केपी ओली

admin

काठमाडौं, २९ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार ध्वस्त बनाउने गरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाएका छन् ।

ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य स्मृति भवनमा (आज) बुधवार आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले सो बताएका हुन् । शेयर कारोबारीले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउने गरी प्रचण्डले त्यो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको आरोप छ ।

शेयर लगानीकर्ता र सामान्य नागरिकको लगानी जेसुकै होस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरू लगातार लागिरहँदा पनि कसैले विरोधसमेत नगरेको उनले बताए । अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र नागरिकको सेवामा समर्पित भएर लाग्न सचेत गराए ।

प्रतिक्रिया