आज चार अर्ब ५८ करोड रुपैयाँको शेयर कारोबार

admin

काठमाडौं, २९ मंसिर : बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से चार दशमलव २३ अङ्कले घटेर दुई हजार चार सय १४ विन्दुमा पुगेको छ । मंगलबार एक सय ३७ अङ्कले बढेको नेप्से बुधबार घटेको हो ।

बुधबार पाँच समूहको शेयर घटेकोमा सबैभन्दा धेरै होटल र पर्यटन समूहको शेयर ५३ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमा समूहको शेयर ४३ अङ्कले घटेको छ । दुई सय २८ कम्पनीका ९८ लाख ७९ हजार कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नयाँ सारथी लघुवित्तको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सामलिङ पावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया