आज २८० कोरोना संक्रमित थपिएसँगै ६ जनाको मृत्यु

admin

काठमाडौं, २९ मंसिर : बुधबार दुई सय ८० जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बितेको २४ घण्टामा ३०० संक्रमित निको भएसँगै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर पाँच हजार ६३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया