थप १८४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

admin

काठमाडौँ, पुस १ : नेपालमा बिहीबार १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ३० पिसिआर परिक्षणका क्रममा १६० जना र ३ हजार ७ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ७३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ८३ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ५ सय २६ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया