जोन्सनको २१ लाखभन्दा बढी खोप नेपाल ल्याइयो, कुन उमेरकालाई कसरी दिने टुङ्गो लाग्न बाँकी

admin

काठमाडौं, १ पुस : जोन्सन एन्ड जोन्सन खोपको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा नेपाल आइपुगेको छ । (आज) बुधबार बिहान जर्मनीको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत एक डोज मात्र लगाए पुग्ने जोन्सनको २१ लाख ७६ हजार ६ सय ५० डोज खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

यो खोप कुन उमेर समूहलाई कसरी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो ।

एक मात्रा लगाए पुग्ने भएकाले वैदेशिक रोजगारीमा जानेहरुको रोजाइमा जोन्सन एण्ड जोन्सनको खोप पर्ने गरेको छ । अन्य कम्पनीको खोप दुई डोज लगाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले जोन्सनको खोप वैदेशिक रोजगारीमा जानेलाई दिने योजना भए पनि अहिलेलाई उपलब्ध भएका जुनसुकै खोप लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया