एकैदिन सात सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १ पुस : बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य बिहीबार तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  बुधबार सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य पनि बिहीबार तोलामा २५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १२ सय १० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार १२ सय ३५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया