महामन्त्रीको मतपरीणाम आउने क्रम जारी रहँदा रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालद्वारा घोषणा

admin

काठमाडौं, १ पुस : रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका रिजाल महामन्त्रीको मतपरीणाम आउने क्रम जारी रहँदा रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि परेका छन् । उनले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

प्रतिक्रिया