मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

admin

काठमाडौं, १ पुस : रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले पराजित भएपछि राजीनामा दिएका हुन् । उनले (आज) बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घोषणा गरेका थिए । उनले कांग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् । यस्तै रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया