प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सत्ता गठबन्धनको आउँदो रणनीतिबारे कुराकानी

admin

काठमाडौं, २ पुस : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

भेटमा राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको आउँदो रणनीतिबारे पनि कुराकानी भएको छ ।

त्यसैगरी संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ । प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा फेरि निर्वाचित भएकोमा बधाई समेत दिएका छन् ।

प्रतिक्रिया