आज एकैदिन १ हजार बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २ पुस : मंसिर अन्तिम हप्ता केही घटेको सुनको मूल्य फेरि बढ्न थालेको छ । सुनको मूल्य शुक्रबार एकैदिन एक हजार रुपैयाँले बढेको छ । शुक्रबार तोलामा सुनको मूल्य एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।

बिहीबार पनि तोलामा सात सय रुपैयाँले सुनको मूल्य बढेको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२ सय ५० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया