जापान ओसाकाको भवनमा आगलागी, २७ जनाको ज्यान गएको आशङ्का

admin

एजेन्सी, २ पुस : जापानको ओसाकामा रहेको एउटा भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का गरिएको छ । दमकल विभागका कर्मचारीले आगलागीमा २७ जनाको ज्यान गएको हुन सक्ने आशङ्का गरेका छन् ।

भवनको चौथो तलामा आगो लागेको बीबीसीले जनाएको छ । आगो लाग्नुको कारण खुलेको छैन । आगो नियन्त्रणका लागि ७० वटा दमकल खटाइएको थियो । ३० मिनेटमा आगो निभाइएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया