हामी लड्यौँ र राजनीति जित्यौँ : शेखर कोइराला

admin

काठमाडौं, २ पुस ​: नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले चुनाव हारे पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको बताएका छन् । शुभक्रबार एक प्रेस विज्ञप्ति निकालेर उनले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोडविरुद्ध लडेको र राजनीति जितेको बताएका हुन् ।

साथै नेता कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको उल्लेख गरेका छन् । प्रतिनिधि तथा शुभेच्छुकबाट पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने गरी ४० प्रतिशत मत प्राप्त भएको र यो मतबाट आफू भावविभोर भएको कोइरालाको भनाइ छ ।

विज्ञप्तिमा पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख छ । साथै उनले सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टी पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया