काठमाडौं, २ पुस : सरकारले पुस ४ गते आइतबारका दिन सार्वजनिक बिदा दिएको छ ।
(हिजो) बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते आइतबार उधौली पर्व, योमरी पुन्ही- न्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै देशभरका सम्बन्धित समुदायका लागि बिदा दिने निर्णय भएको छ ।