थप दुई सय ७४ जनामा संक्रमण पुष्टि, ३ को ज्यान गयो

admin

काठमाडौं, २ पुस : नेपालमा शुक्रबार थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको सात हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा २ सय ६९ जना र १ हजार ३ सय २५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ३ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप २ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ३ सय ५३ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया