कांग्रेस पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित

admin

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसकाे पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा डा. शेखर काेइराला समूहका बद्री पाण्डे निर्वाचित हुनुभएकाे छ ।

कांग्रेसकाे निर्वाचन समितिका अनुसार आज शुक्रवार भएकाे मतगणनामा पाण्डे दुई हजार चार सय ११ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे ।

उहाँका निकटतम प्रतिद्वन्दी जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गर्नुभयाे  याेसहित नेपाली कांग्रेसकाे आठ महामन्त्रीमध्ये ६ जनाकाे मत परिणाम आइसकेकाे छ ।

प्रतिक्रिया