मछिन्द्र र संकटा बराबरीमा रोकिए

admin

काठमाडौँ, पुस २ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र र संकटा क्लबले बराबरी खलेका छन् ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र र संकटाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मछिन्द्रलाई लिगमा तीन अंकको अग्रता र संकटालाई लिगको शीर्ष स्थानमा उक्लिने मौका थियो । तर दुवै टिमले शुक्रबार खेल गुमाउन चाहेनन् । मनिष डाँगीको गोललाई रेफ्रीले अफसाइड बताएपछि मछिन्द्र जित निकाल्न चुक्यो ।

संकटाका कप्तान रवी सिलवाल प्लेयर अफ दी म्याच चुनिए । बराबरीसँगै शीर्ष स्थानको मछिन्द्रले तालिकामा ११ अंक जोडेको छ ।

र दोस्रो स्थानको मनाङसँग एक अंकको अग्रता लिएको छ । संकटा ९ अंक जोड्दै शीर्ष चारमा उक्लिएको छ ।

प्रतिक्रिया