केपी ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला हुन्ः रामनारायण बिडारी

admin

काठमाडौँ, पुस २ : नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलाले पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के छ भन्ने प्रश्न गर्दा नेता बिडारीले भने, “प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहमति गर्नुभएको छैन ।

नेपालमा केपी शर्मा ओली झुटलाई सत्य साबित गर्न, जनतालाई झुक्याउन र भ्रम पार्न माहिर हनुहुन्छ । उहाँले बोलेका प्रायः कुरा झुटा नै हुन्छन् । जनयुद्धका बेला केपी ओली राजा ज्ञानेन्द्रका खेताला हुन् ।

माओवादीजस्तो क्रान्तिकारी पार्टीका तर्फबाट जनयुद्ध हाँकेको जननायक प्रचण्डले त्यस्तो गर्ने कुरै आउँदैन । उहाँले त बरु म खेताला, नोकरचाकरसँग, जुत्ताको तलुवासँग कुरा गर्दिनँ, तिम्रा मालिकसँगै कुरा गर्छौं, ओपन्ली भन्नुभएकै थियो ।

यिनीहरु त राजतन्त्र टिकाउनका लागि क्रान्तिकारी नेताको टाउको काटेर झोलामा ल्याऊ लाखौं लाख दिन्छौं भन्थे ।”

प्रतिक्रिया